काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमती भएको छ ।
आइतबार दिनभर कार्यदल बैठकबाट १० बुँदामा सहमती भएको हो । कार्यदलको बैठकमा रहेका एक नेताका अनुसार दुबै पक्षले लचकता अपनाएका कारण यो सहमती भएको हो ।
‘हामीले १० बुँदे सहमती गरेका छौँ, अब एमाले एक भएको छ,’ कार्यदलका सदस्य तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले भने, ‘हामीले जे गरेका छौँ, त्यसले सिंगो एमाले अहिले एक हुनुपर्ने आवश्यक रहेको तथ्य बाहिर ल्याएको छ ।’
उनले आइतबार दिनभर बैठक लम्बिनुको कारण दुई पक्षबारे सघन छलफल भएको पनि बताएका छन् ।
‘हामी खासमा अनाश्यक रुपमा बाझिएका थियौँ,’ उनले भने, ‘अब त्यो मनमुटाव हराएको छ ।’
प्रतिक्रिया