ताजा समाचार


बेल्जियममा एकै महिलामा कोरोनाका दुई भेरियन्ट पुष्टि

द रियल समाचार     २०७८ असार २७, आईतवार, १६: ५४ मा प्रकाशित




एजेन्सी । बेल्जियममा एक महिलामा कोरोना भाइरसका दुई भेरियन्ट रहेको पुष्टि भएको छ । बेल्जियमकी ९० वर्षीया महिलामा दुई प्रकारका भेरियन्ट देखिएको पाँच दिनमा मृत्यु भएको छ ।

कोरोना भाइरसविरुद्धको खोप नलगाएकी ती महिलालाई मार्चमा बेल्जियमको ओएल्बी अस्पताल भर्ना गरिएको थियो । सुरुमा ती महिलाको स्वास्थ्य अवस्था र अक्सिजनको लेवल राम्रै भए पनि विस्तारै खस्सिकदै गएको थियो । र, पाँचौ दिनमा मृत्यु भएको थियो ।

कोरोना परीक्षण गरेपछि ती महिलामा अल्फा र बिटा दुवै भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । एकै महिलामा दुई प्रकारका भेरियन्ट देखिएपछि अस्पतालका बायोलोजिस्ट डा. मालिक्युलरले दुईभन्दा बढी व्यक्तिबाट संक्रमण सरेको हुनसक्ने बताएका छन् ।

तर, ती महिलामा कसरि संक्रमण भयो भन्ने कुराको अहिलेसम्म्म पत्ता लाग्न सकेको छैन । अहिलेसम्म यस्तो प्रकारका केस फेला नपरेको भन्दै चिकित्सकहरूले भाइरसलाई गम्भीरताका साथ नलिएको र लापरबाही गरिएको जनाएका छन् ।

ती महिलाको स्वाब युरोपीयन कांग्रेस अफ क्लिनिकल माइक्रोबायोलोजी एन्ड इन्फेक्सन डिजिजमा पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top