ताजा समाचार


आइतबार १८३१ नयाँ संक्रमित थपिए, १५३३ संक्रमणमुक्त, २० जनाको मृत्यु

द रियल समाचार     २०७८ असार २७, आईतवार, १६: ४८ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

५ हजार ५ सय ३५ जनाको पीसीआर र ३ हजार ६ सय ८३ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर हाल २६ हजार १ सय ७३ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख १९ हजार ८ सय ९४ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३ सय ८२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top