ताजा समाचार


त्रिदेशीय फुटबल प्रतियोगिताको विजेता टोलीले पुरस्कार रकम पाए

द रियल समाचार     २०७८ असार २७, आईतवार, १६: २६ मा प्रकाशित




काठमाण्डौ । गएको चैत्रमा सम्पन्न त्रिदेशीय फुटबल प्रतियोगिताको विजेता नेपाली टोलीका सदस्यले सरकारद्धारा घोषित पुरस्कार रकम प्राप्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित एक कार्यक्रमका बीच उपाधि विजेता नेपाली टोलीका सदस्यले जनही ४ लाख रुपैयाँ प्राप्त गरेका हुन् । नेपाल सरकारले उपाधि जित्नासाथ घोषणा गरेको पुरस्कार रकम प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हस्तान्तरण गरेका हुन् ।

चैत्र १० देखि १६ सम्म दशरथ रंगशालामा भएको प्रतियोगितामा नेपालसहित किर्गिस्तान यु–२३ टिम र बंगलादेशको सहभागिता थियो ।नेपालले फाइनलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै उपाधि हात पारेको हो ।

प्रतियोगिता सकिएपछि बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद( राखेप)को सिफारिसमा उपाधि विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top