ताजा समाचार


जसपा खारेजको माग गर्दै सर्वोच्चमा रिट दर्ता

द रियल समाचार     २०७८ असार २७, आईतवार, १६: २१ मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता राजकुमार थापाले आइतबार रिट दर्ता गरेका हुन् । दुई पार्टी मिलेर बनेको जसपाको एकता प्रक्रिया नै त्रुटिपूर्ण रहेको दाबी गर्दै थापाले रिट दायर गरेका हुन् । सर्वोच्चमा दर्ता भएको यस रिटमाथि सुनुवाइका लागि बुधबारलाई पेशी तोकिएको छ ।

गत वर्ष बैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एक भई जसपा बनेको थियो । सत्ता समीकरणबा विषयमा पार्टी दुई खेमामा विभाजित भएपछि अहिले आधिकारिकताको विवाद निर्वाचन आयोगमा अड्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top