ताजा समाचार


पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा

द रियल समाचार     २०७८ असार २७, आईतवार, १६: १७ मा प्रकाशित




काठमाण्डौ । विपक्षी दलका पाँच विद्यार्थी संगठनले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पाँच विद्यार्थी संगठनले ७ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिनाका अनुसार असार २८ गते नेपाल आयल निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोलपम्प र ट्यांकर सञ्चालन गर्न नदिने तथा असार ३० गते देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्यांकर बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि पाँच विद्यार्थी संगठनले विघटित संसदको पुनःस्थापना, एसइइ र १२ कक्षाको पीक्षामा देखिउको समस्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या लगायतको माग गर्दै प्रदर्शन आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top