ताजा समाचार


सप्तरीमा कोरोनाविरुद्धको खोप लगाएकै दिन एक पुरुषको मृत्यु

द रियल समाचार     २०७८ असार २७, आईतवार, १४: १२ मा प्रकाशित




सप्तरी । सप्तरीमा कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएकै दिन एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका–७ का ६५ वर्षीय देवराम मण्डल रहेको प्रहरीले जनाएको छ । मण्डलले प्राथमिक स्वास्थ्य सेवा केन्द्र तोपा पुगेर दोस्रो मात्रा खोप लगाएका थिए ।

खोप लगाएपछि मण्डललाई असहज हुँदा उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

यद्यपी उनको मृत्युको कारण भने खोप नरहेको उनले दावी गरे । दिउँसो १२ बजेतिर नै दोस्रो मात्राको खोप लगाए पछि गाउँकै एउटा पञ्चायतमा सहभागी भएका थिए ।

साँझ मदिरा सेवन गरेपछि स्वास्थ्य अवस्था असहज हुँदा उपचारको लागि अस्पताल लग्ने क्रममा बाटैमै मृत्यु भएको निमित्त प्रमुख यादवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top