ताजा समाचार


रौतहटमा करेन्ट लागेर एक किशोरको मृत्यु

द रियल समाचार     २०७८ असार २६, शनिबार, १९: ५१ मा प्रकाशित




रौतहट । रौतहटमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजपुर नगरपालिकाका–३ का ओसी महमदका १४ वर्षीय छोरा रिजमाद महद रहेको प्रहरीले जनाएको छ ।

दाँतले टोकेर पानी चलाउने मोटरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको ईलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top