गोरखा । गोरखाको भीमसेन थापागाउँपालिका–७ बोर्लाङमा रहेको भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गएराति करिब ३२ लाख नगद चोरी भएको छ ।
मध्यरातमा सरकारी कार्यालयको च्यानल गेट फुटाएर भित्र पसी नगद चोरी भएको हो ।
सहकारीमा कारोबार भएको करिब ५२ लाखमध्ये ३२ लाख चोरी भएको हो । भीमकुल बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारी हो ।जहाँ दैनिक २० देखि ३० लाखसम्मको कारोबार हुने गरेको छ ।
शुक्रबारसम्म जम्मा भएको नगद आइतबार सदरमुकामस्थित बैंकमा जम्मा गर्ने तयारीमा रहेका बेला चोरी भएको उक्त संस्थाले जानकारी दिएको छ ।
प्रतिक्रिया