ताजा समाचार


एक दर्जनभन्दा बढी कलाकार नेपाली कांग्रेसमा प्रवेश

द रियल समाचार     २०७८ असार २६, शनिबार, १९: ३७ मा प्रकाशित




काठमाण्डौ । शनिबार एक दर्जनभन्दा बढी कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्नेमा ‘मुलाको साग’ नामले चर्चित कलाकार सुरेन्द्र केसी, हास्यकलाकार महादेव त्रिपाठीलगायत १२ जनाभन्दा बढी छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुलाई आफ्नै निवासमा फूलमाला र खादा ओढाएर पार्टीमा प्रवेश गराएका हुन् । कलाकारहरुले देउवाको हातबाट पार्टी सदस्यता पनि लिएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस निकट सांस्कृतिक संघकी महामन्त्री रोशनी केसी, ‘पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको’ थेगोबाट चर्चा पाएका शिवहरि वैरागीलगायत कलाकार पनि सहभागी थिए ।

सो अवसरमा सभापति देउवाले देश निर्माणमा कलाकारको योगदानको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top