ताजा समाचार


बागमती प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित

द रियल समाचार     २०७८ असार २६, शनिबार, १५: ०८ मा प्रकाशित




हेटौंडा । बागमती प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक लगातार स्थगित हुँदै आएको छ । प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो ।

सचिवालयका अनुसार आज स्थगित बैठक आइतबार बिहान साढे ११ बजे बस्ने छ । आर्थिक वर्ष २०७८/८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा विद्युतीय बस सरकारले खरीद गरेर सञ्चालन गर्ने, सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्नेलगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरुले प्रदेशसभा बैठक अवरुद्ध गराउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top