एजेन्सी । तालिवानका प्रतिनिधिमण्डल प्रमुख शहावउद्दिन दिलावरले आफूहरुले चाहे दुई हप्तामा पूरा अफगानिस्तानमाथि कब्जा जमाउन सक्ने प्रतिक्रिया दिएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार पत्रकारसँगको कुराकानीमा ७५ हजार तालिवानीमाथि अफ्गानिस्तानका ३ लाख सैनिक भारी पड्ने बताएका थिए । तालिवानले अफगानिस्तान कब्जा गर्न नसक्ने दाबी गर्दै बाइडेनले ३ लाख सैनिककाअघि ७५ हजार तालिवानी टिक्न नसक्ने भनाई राखेका थिए ।
त्यसको जवाफ तालिवानका दिलावरले रसिया पुगेर दिएका हुन् । मस्कोमा भएको पत्रकार सम्मेलनमा बोल्दै दिलावरले यो बाइडेनको एक व्यक्तिगत विचार रहेको भन्दै आफूले चाहे दुई हप्तामा पूरा अफगानिस्तान कब्जा गरेर देखाइदिने बताए । उनले अहिले विदेशी सैनिकलाई शान्तिका साथ अफगानिस्तान छोड्नै मौका पनि मिलेको बताए ।
तर, अफगानिस्तानबाट अमेरिकी सैनिक पूरै नबाहिरिने संकेत देखिएको छ । त्यहाँ साढे ६ सयदेखि १ हजारसम्म सैनिक रहने बताइएको छ । ती सैनिकले अमेरिकी दूतावास, काबुल एयरपोर्ट तथा अन्य प्रमुख सरकारी कार्यालयको सुरक्षा गर्ने बताइएको छ ।
प्रतिक्रिया