सर्लाही । सर्लाहीमा पोखरीको डिलबाट खसेर पोखरीमा डुब्दा एक युवकको मृत्यु भएको छ ।
जिल्लाको विष्णु गाउँपालिका–३ मधुवनगोठस्थित सार्वजनिक पोखरीमा माछा मारिरहेको दृश्य डिलमा बसेर हेरिरहेका गोडैता नगरपालिका–२ बस्ने ३५ वर्षीय जयकरण मुखियाको पोखरीमा डुब्दा मृत्यु भएको हो ।
मुखिया एक्कासी लडेर पोखरीमा डुबेका थिए । डुबेर बेपत्ता भएका मुखियाको खोजी गर्ने क्रममा महाजालको प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सर्लाही प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
पोखरीमा महाजाल हालेपछि बेपत्ता भएका उनको शव फेला परेको डीएसपी बुढाथोकीले बताए । मृतक मुखियाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया