ताजा समाचार


कोपा अमेरिका : दर्शकले अर्जेन्टिना र ब्राजिल बीचको फाइनल खेल रंगशालामै गएर हेर्न पाउने

द रियल समाचार     २०७८ असार २६, शनिबार, १४: २९ मा प्रकाशित




एजेन्सी । दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिकाको उपाधिका लागि चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाले एक अर्काको सामना गर्दैछन् ।

खेल नेपाली समय अनुसार आइतबार बिहान पौने ६ बजे ब्राजिलको घरेलु मैदान माराकाना स्टेडियमा हुनेछ ।

कोरोना महामारीका कारण अहिलेसम्म दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको भए पनि फाइनल खेल भने सीमित दर्शकले मैदानमै उपस्थित भएर हेर्न पाउने भएका छन् । रियो दि जेनेरियो सरकारले स्टेडियमको १० प्रतिशत अर्थात् ७,८०० दर्शकलाई मैदान प्रवेश अनुमति दिएको हो ।

मैदानमा उपस्थित हुने दर्शकले पूर्ण रूपमा स्वास्थ्य मापदण्डको पालना गर्नुका साथै फाइनल हुनुभन्दा ४८ घन्टा अघि गरिएको पिसिआर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको प्रमाण पेस गर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top