ताजा समाचार


राजपा नेपाल दर्ताका लागि आयोगमा निवेदन

द रियल समाचार     २०७८ असार २५, शुक्रबार, २०: ०९ मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षधर नेता हरिनारायण यादवको नेतृत्वमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) शुक्रबार निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

आयोगका अनुसार उक्त पार्टीको निवेदनको दर्ता नम्बर १५४८ रहेको छ । अध्यक्ष यादवको संयोजकत्वमा २१ सदस्यीय केन्द्रिय कार्यसमिति गठन गरी निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको बताईएको छ ।

यादवको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय समिति रहने गरी राजपा दर्ता गर्न आयोगमा निवेदन परेको छ । जनता समाजवादी पार्टीको आधिकारिकता विवाद चलिरहेको बेला निर्वाचन आयोगमा राजपा दर्ता गर्न निवेदन पुगेको छ ।

एक वर्षअघि तत्कालीन राजपा र समाजवादी एकीकरण भएर जसपा बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top