ताजा समाचार


मोरङको बेलबारीबाट लागूऔषध सहित तीन जना पक्राउ

द रियल समाचार     २०७८ असार २५, शुक्रबार, १५: ३६ मा प्रकाशित




मोरङ । मोरङको बेलबारी नगरपालिका–१ गाईघाट टोलबाट लागूऔषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ४६ वर्षीय बुद्धिमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका साढे ७ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित ३ जनालाई लागूऔषध ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

प्रहरीले तामाङको घरमा खानतलासी गर्दा धानको भकारी भित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ । पक्राउ परेका तिनै जना उपर इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top