ताजा समाचार


पूर्व भारतीय क्रिकेटर हरभजन सिंह अब चलचित्रमा पनि देखिने

द रियल समाचार     २०७८ असार २१, सोमबार, १६: २४ मा प्रकाशित




एजेन्सी । पूर्व भारतीय क्रिकेटर हरभजन सिंह अब चलचित्रमा पनि देखिने भएका छन् । हरभजनको जन्मदिनको अवसर पारेर जुन ३ मा उनले खेल्ने नयाँ चलचित्रको एक पोस्ट सार्वजनिक गरिएको थियो ।

हरभजनले ट्विटरमा पोस्टर सेयर गर्दै सो कुराको जानकारी गराएका हुन् । चलचित्रको नाम फ्रेन्डसिप राखिएको छ । चलचित्रमा हरभजनले एक मेकानिकल इन्जिनियरका विद्यार्थीको भूमिका निर्वाह गरेका छन् ।

जोन पलको निर्देशनमा बनिरहेको चलचित्र हिन्दी र तलेगु भाषामा रिलिज गरिनेछ । भारतले सन् २००७ को टि–२० सन् २०११ को एक दिवसीय विश्वकप जित्दा टोलीका प्रमुख स्पिनर हरभजनले प्रमुख भूमिका निर्वाह गरेका थिए ।

उनले अन्तर्राष्ट्रिय क्रिकेटकामा ७०० भन्दा बढी विकेट हात पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top