ताजा समाचार


बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावबिच सम्बन्ध विच्छेद

द रियल समाचार     २०७८ असार १९, शनिबार, १४: ०२ मा प्रकाशित




एजेन्सी । बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावले अलग हुने निर्णय गरेका छन् । भारतीय मिडियामा आएका खबर अनुसार आमिर र किरणले सहमतिमै सम्बन्ध विच्छेदको तयारी गरेका हुन् ।

२८ डिसेम्बर २००५ मा उनीहरुको बिहे भएको थियो । आमिर र किरणले संयुक्त वक्तव्य जारी गरेरै सम्बन्ध विच्छेदबारे जानकारी दिएका छन् । १५ वर्षको सहयात्रा राम्रो र खुसीका साथ चलेको उनीहरुले भनेका छन् ।

आफूहरुले सहमतिमै एक–अर्काबाट अलग भएर बस्ने निर्णय गरेको बताएका छन् । जिन्दगीको नयाँ अध्याय सुरु गर्न लागेको जानकारी दिएका छन् ।

अलग भएपनि फिल्म दुनियाँमा सहकार्य जारी रहने बाचा गरेका छन् । छोरा आजादको अभिभावकत्व दुवैले निर्वाह गरिरहने घोषणा पनि आमिर र किरणले गरेका छन् । उनीहरुले यो निर्णय लिन परिवार र आफन्तले समेत सहयोग गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top