ताजा समाचार


कर्णालीका तीन सांसद फेरि निलम्बित

द रियल समाचार     २०७८ असार ११, शुक्रबार, २२: १३ मा प्रकाशित




सुर्खेत । कर्णाली प्रदेशसभाका तीन जना सांसदहरु फेरि निलम्बनमा परेका छन् ।

एमालेका सांसदहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा एक महिनाका लागि निलम्बनमा परेका हुन् ।

‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको वैठकको निर्णयअनुसार थापा, शाही र बुढाले नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि  निलम्वित गरिएको प्रदेश सभा सचिवालयलाई जानकारी प्राप्त भएकोले सोही व्यहोरोको सूचना प्रकाशित गरिएको छ ।’

नेकपा एमाले संसदीय दलको निर्णय अनुसार उनीहरु निलम्बनमा परेको सूचना प्रदेशसभा सचिवालयले दिएको छ । बैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वालासहित निलम्बनमा परेका थिए । तर जेठ २६ गते सर्वाेच्च अदालतले पनुर्वहाली गरिदिएको थियो ।

निलम्बनमा परेका तीनै सांसदहरु सरकारमा सामेल छन् । तिमध्ये थापा भौतिक पूर्वाधार तथा शहरी विकास, शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top