ताजा समाचार


मेयरले उपस्थितिको नाममा निर्णयमा हस्ताक्षर गराएको देखेपछि नगरसभा बहिष्कार गरेँ : वडाध्यक्ष साह

द रियल समाचार     २०७८ असार ९, बुधबार, २२: १६ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको सातौं नगरसभामा केहि जनप्रतिनिधिहरुले विरोध जनाएका छन ।

दुई दिवसीय भनिएको नगरसभाको पहिलो दिन बुधवार आयोजित कार्यक्रममा बिना कुनै छलफल नगरप्रमुख लालकिशोर साहले बलजफ्ती निर्णयमा हस्ताक्षर गराउन लागेको भन्दै केहि वडाध्यक्षहरुले विरोध जनाएका हुन ।

वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले कुनै छलफल नै नगरी निर्णयमा मेयर साहले हस्ताक्षर गराउन खोजेको आरोप लगाए । साह सहित विभिन्न वडाका सदस्यहरु समेत गरी करीब १५ जना कार्यपालिका सदस्यहरुले नगरसभा बहिष्कार गरेका छन् ।

नगरसभा बहिष्कार गर्दै उनीहरुले मेयर लालकिशोर मुर्दावाद, उपस्थितिको नाममा निर्णयपुस्तिकामा हस्ताक्षर गराउन पाइँदैन भन्दै कार्यक्रम स्थलमै नाराबाजी गरेका थिए ।

वडाध्यक्ष साहले भने,’ मेयर साहले षडयन्त्रपूर्वक सभा सुरु नहुँदै उपस्थितीको बहानामा विभिन्न निर्णयहरुमा हस्ताक्षर गराइरहेको कारण आफूहरुले विरोध गरेका हौं ।’

उनले नियमतः कुनैपनि सभा वा अधिवेशन सम्पन्न भएपश्चात मात्र निर्णय पुस्तिकामा हस्ताक्षर गराउनु पर्ने प्रावधान रहेपनि त्यसो नगरी झुक्याउने पाराले पहिले नै निर्णय पुस्तिकामा हस्ताक्षर गराएकोमा आपत्ति जनाउँदै आफूहरुले कार्यक्रम बहिष्कार गरेको बताए ।

गत वर्षपनि मेयर साहले उपस्थिती पुस्तिक भनेर निर्णय पुस्तिकामा हस्ताक्षर गराई सर्वसम्मत रुपमा नगरसभा सम्पन्न गरेका थिए ।
गत वर्ष झैँ यसवर्षपनि झुक्याएर उपस्थितीको नाममा निर्णय पुस्तिकामा हस्ताक्षर गराएकोमा कार्यक्रम बहिष्कार गर्दै नगरसभा जारी रहेकै समयमा उनीहरु बाहिर निस्केका थिए ।

यसैबीच, बिहीवार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top