ताजा समाचार


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) निर्वाचन आयोगमा दर्ता

द रियल समाचार     २०७८ असार ९, बुधबार, १८: १३ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) नामबाट निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको छ । ३० जेठमा बसेको आयोगको निर्णयअनुसार पार्टी दर्ता गरिएको हो ।

दल दर्ताको प्रमाणपत्र अध्यक्ष जीवन राईले बुधबार बुझेका छन् । यो पार्टीले कलम चुनाव चिन्ह लिएको छ ।

अध्यक्ष राईले अलग राजनीतिक अस्तित्व सहित दर्ता गरिएको पार्टीलाई कुनै पार्टीसँग जोड्न नमिल्ने बताए । ‘नेपालका कम्युनिष्ट आन्दोलनलाई एकीकृत र सशक्त बनाउन यो पार्टी गठन भएको हो,’ राईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top