ताजा समाचार


बुधबार २४२१ नयाँ संक्रमित थपिँदा ३५५८ संक्रमणमुक्त

द रियल समाचार     २०७८ असार ९, बुधबार, १७: २१ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय २१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

पिसिआर परीक्षणमा १ हजार ५ सय ११ र एन्टिजेन परीक्षणमा ९ सय १० जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

हालसम्म पिसिआर विधिबाट संक्रमण पुष्टि हुने संख्या ६ लाख २७ हजार ८ सय ५४ पुगेको छ भने एन्टिजेनबाट संक्रमण देखिनेको संख्या २९ हजार ३७ छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४ सय ६१ पिसिआर र ४ हजार ९ सय ५३ एन्टिजेन गरी १२ हजार ४ सय १४ जनाको कोरोना परीक्षण भएको प्रवक्ता पौडेलले बताए ।

प्रवक्ता पौडेलका अनुसार २४ घण्टामा ३ हजार ५ सय ५८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५६ हजार ७ सय ९८ पुगेको छ । देशभर सक्रिय संक्रमित ५० हजार ५ सय २० जना रहेको पौडेलले जानकारी दिए । यसमध्ये होम आइसोलेसनमा ४७ हजार २ सय ८६ र संस्थागत आइसोलेसनमा ३ हजार २ सय ३४ जना छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ । विगतमा विभिन्न समयमा कोरोनाबाट मृत्यु भएका र विवरणमा छुटेका थप २९ जनाको पनि विवरण प्राप्त भएको प्रवक्ता पौडेलले बताए । मृतकको संख्यामा ८१ जना थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top