ताजा समाचार


रुपा सुनार प्रकरणमा पक्राउ परेकी घरबेटी रिहा

द रियल समाचार     २०७८ असार ९, बुधबार, १४: ५७ मा प्रकाशित




काठमाण्डौ । रुपा सुनार प्रकरणमा पक्राउ परेकी घरबेटी रिहा भएकी छन् । जातका कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी बबरमहल घर भएकी घरबेटी सरस्वती प्रधान रिहा भएकी हुन् ।

टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलगेर रिहा गरिदिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

प्रहरीले अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । सरकारी वकिलको कार्यालयले घरबेटी विरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको एसएसपी सिंहले बताए । प्रधानलाई छुटाउनका लागि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । प्रधानलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिएको थियो ।

बबरमहलस्थित प्रधानको घरमा कोठा लिन गएका बेला जातका कारण नदिएको रुपाको आरोप थियो । प्रधान रिहा भएपछि उनको स्वागतमा नेवार समुदाय प्रहरी कार्यालय पुगेको थियो । उनीहरूले झुटो मुद्दा लगाउन खोज्ने रुपालाई पक्राउ गरेर कारबाहीको माग गरेका छन् । प्रधानले जातीय विभेद नगरेको र तर सुनार आफैले यसलाई जातीय प्रकरण बनाएको उनीहरुको भनाइ छ ।

कोठा भाडामा दिने नदिने घरबेटीको अधिकारको कुरा भएको भन्दै अनावश्यक रूपमा दुःख दिनको लागि यस्तो आरोप लगाएको उनीहरूको भनाइ छ । यसअघि प्रधानको रिहाइको माग गर्दै संघर्ष समिति नै गठन गरिएको थियो ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top