ताजा समाचार


फैसला स्वीकार्य भएपनि अप्रत्याशित छ : महतो

द रियल समाचार     २०७८ असार ९, बुधबार, १४: २७ मा प्रकाशित




जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल प्रदेश २ का नेताहरुले सर्वोच्च अदालतको आदेश अप्रत्याशित रहेको प्रतिक्रिया दिएका छन् ।

संसद विघटन र चुनाव घोषणापछि गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले मन्त्रिपरिषद् विस्तार बदर गर्दै अन्तरिम आदेश दिएको हो ।

नवनियुक्त मन्त्रीहरुलाई पदमुक्त गर्न माग गर्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले उपप्रधानमन्त्रीद्वय राजेन्द्र महतो र रघुवीर महासेठसहित २० जना मन्त्रीलाई पदमुक्त गरिदिएपछि जसपाका नेताहरुमा असन्तुष्टि र आक्रोश देखिएको छ ।

जसपा नेपाल प्रदेश २ का प्रदेश सभा सदस्य उपेन्द्र महतोले सर्वोच्च अदालतबाट भएको निर्णय अप्रत्याशित रहेको बताएका छन् । उनले भने, ‘सर्वोच्चको फैसलालाई स्वीकार गर्नुपर्ने भए पनि यो फैसला अप्रत्याशित छ ।’

नेता महतोले न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरेको जिकिर गरेका छन् । उनले सर्वोच्चको यो निर्णय अन्तरिम निर्णय रहेकाले अहिले नै सबैकुरा हतारमा भन्न नमिल्ने समेत बताएका छन् ।

उनले आफूले यसलाई सामान्य रूपमा लिएको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top