ताजा समाचार


सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु

द रियल समाचार     २०७८ असार ९, बुधबार, १४: १५ मा प्रकाशित




सर्लाही । सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरिया निवासी सद्दाम अन्सारीका ८ वर्षीय छोरा रेआज अन्सारी र ६ वर्षीय नेआज अन्सारी रहेको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गएको बेला पल्सी भन्ने ठाउँमा ईट्टाभट्टाका लागि खनेको खाल्डोमा जमेको पानीमा दुबै दाजुभाइ पौडी खेल्न सँगै पसेका थिए ।
बुधबार बिहान साढे ११ बजे दाजुभाइ डुबेपछि उनीहरुसँगै बाख्रा चराउन गएका अर्का बालकले हल्लीखल्ली गरेपछि गाउँलेले घटनाबारे थाहा पाएका थिए ।

तत्काल ईट्टाभट्टाका मजदुर र गाउँले मिलेर डुबेका दुई बालकलाई निकालेर उपचारका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पुर्याएका थिए । अस्पतालमा पुर्याउँदा उनीहरुको मृत्यु भइसकेको थियोे । यता, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top