ताजा समाचार


वीरगञ्जबाट मोटरसाइकल चोरी गरेको आरोपमा ३ जना पक्राउ

द रियल समाचार     २०७८ असार ९, बुधबार, १४: ०९ मा प्रकाशित




पर्सा । पर्साको वीरगञ्जबाट मोटरसाइकल चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा १५ वर्षीय बालकसहित वीरगञ्ज महानगरपालिका–१८ बस्ने २१ वर्षीय साहेब साह र २६ वर्षीय अवधेश प्रसाद पटेल रहेका छन् ।

उनीहरुमध्ये साहेबले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरि वडा नम्बर–२२ जगरनाथपुर ढाटस्थित अवधेशले सञ्चालन गरेको मोटरसाइकल ग्यारेजमा लगि पाटपुर्जा खोलेर बिक्री गर्ने गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

सोहीक्रममा उनीहरुले वीरगञ्ज–२० हरपतगञ्जबाट विवाहस्थलमा राखिएको ना ६२ प ९७१७ नम्बरको मोटरसाइकल चोरी गरि ग्यारेजमा राखेका थिए ।

सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ग्यारेजबाट चोरी गरिएको उक्त् मोटरसाइकल र कागजात नभएका पाटपुर्जा खोलिएको अवस्थामा रहेको थप ११ वटा गरि १२ वटा मोटरसाइकल बरामद गरिएको खनालले बताए ।

पक्राउ परेका तीनैजनालाई चोरी मुद्दामा अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top