ताजा समाचार


मन्त्रिपरिषद् पुनर्गठनको रिटमा आज सुनुवाइ हुँदै, सर्वोच्चले अन्तरिम आदेश दिए मन्त्रीहरुको पद गुम्ने

द रियल समाचार     २०७८ असार ८, मंगलवार, ११: २४ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ ।

त्यसका लागि सर्वोच्चले रिट निवेदक र विपक्षी दुवैलाई छलफलका लागि बोलाएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतका ९ जनाले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई विपक्षी रिट दायर गरेका थिए ।

मन्त्रिपरिषद विस्तारविरुद्धको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा सुनुवाई हुँदैछ । इजलासले मन्त्रिपरिषद विस्तारबारे अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णय गर्छ । सर्वोच्चले अन्तरिम आदेश दिएमा पुनर्गठित मन्त्रिपरिषदका मन्त्रीहरुको पद गुम्नेछ ।

गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top