ताजा समाचार


धनुषामा सवारी दुर्घटना, दुई जना घाइते

द रियल समाचार     २०७८ असार ७, सोमबार, २०: ४७ मा प्रकाशित




-विनोद कुमार महतो, जनकपुरधाम । धनुषामा सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका ढल्केवरस्थित बसही पुलमा टिपरले ट्याक्टर ठक्कर दिएपछि दुर्घटना भएको हो ।

विपरित दिशाबाट आइरहेको लु.३.त ४९५ नम्बरको टयाक्टरमा प्रदेश-२ ०३००१ क ०८३९ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टयाक्टरका चालक र अन्य एकजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुबैजनाको जनकपुरमा उपचार भईरहेको छ । दुवै गाडी धनुषाको लालभितीको रहेको र घाइतेहरुको नाम आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top