ताजा समाचार


टिकटकमा अब ३ मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने

द रियल समाचार     २०७८ असार ३, बिहीबार, १८: ३२ मा प्रकाशित




एजेन्सी । नेपाललगायत विश्वका विभिन्न देशमा लोकप्रियता कमाइरहेको भिडियो सेयरिङ्ग एप टिकटकले अब ३ मिनेटसम्मको भिडियो अपलोड गर्न सकिने बताएको छ ।

हालसम्म टिकटकमा १५ सेकेण्डदेखि १ मिनेटसम्मको भिडियो मात्रै अपलोड गर्न सकिने व्यवस्था थियो । अब त्यसलाई बढाएर ३ मिनेटसम्मको भिडियो राख्न मिल्ने फिचर ल्याएको हो ।

सेवाग्राहीले नयाँ सेवा प्राप्त गर्नका लागि एप अपडेट गर्नुपर्नेछ । यसमा ३ मिनेटसम्मको फिल्म ट्रेलर र गीत पनि राख्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top