ताजा समाचार


बिहीबार ३७४९ नयाँ संक्रमित थपिए, ५२९३ संक्रमणमुक्त, ५९ को मृत्यु

द रियल समाचार     २०७८ जेष्ठ २७, बिहीबार, १८: २८ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जना कोरोनाका नयाँ संक्रमितहरु थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ९ सय १ जनाको पीसीआर परीक्षणमा २ हजार ८ सय ७४ र ५ हजार ३ सय ३७ जनाको एन्टिजेन परीक्षणमा ८ सय ७५ जना गरी ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा ५९ जनाले ज्यान गुमाएका छन् भने ५ हजार २ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा ६ लाख १९ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ८ हजार २ सय ३८ जनाले ज्यान गुमाइसकेका छन् ।देशभर अहिले ७७ हजार ८ सय ५८ जना सक्रिय संक्रमितहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top