ताजा समाचार


म्यानमारमा सैन्य विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

द रियल समाचार     २०७८ जेष्ठ २७, बिहीबार, १८: १३ मा प्रकाशित




एजेन्सी । म्यानमारमा सैन्य विमान दुर्घटना हुँदा करिब १२ जनाको मृत्यु भएको छ । दुर्घटना म्यानमारको दोस्रो ठुलो सहर मन्डलेमामा भएको थियो ।

बिहीबार विमान राजधानीबाट पायिन ओओ ल्विन सहरतर्फ गइरहेको थियो । विमान ल्यान्ड गर्ने बेलामा दुर्घटना भएको हो ।

सैन्य अधिकारीले खराब मौसमका कारण कम्युनिकेसन नहुँदा दुर्घटना भएको बताएका छन् । विमानमा ५ सैन्य अधिकारीका साथमा केही भिक्षु सवार थिए ।

दुर्घटनामा परी म्यानमारका सबैभन्दा प्रभावशाली भिक्षु अब–हिशेका महा रत्था गुरु भाटन्ड कभिसराको मृत्यु भएको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top