ताजा समाचार


गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त

द रियल समाचार     २०७८ जेष्ठ २७, बिहीबार, १८: ०९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन सकेका छैनन् ।

बिहीबार प्रदेशसभामा मुख्यमन्त्री गुरुङले विश्वासको मत मागेका थिए । जसमा उनको पक्षमा २७ मत र विपक्षमा ३० मत आएको छ । कुल ५७ मत खसेको थियो ।

प्रदेशसभामा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ (३) अनुसार बैशाख २९ गते पुनः मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङ पदमुक्त भएका छन् ।

अब संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top