ताजा समाचार


सात मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

द रियल समाचार     २०७८ जेष्ठ २७, बिहीबार, १७: ११ मा प्रकाशित




काठमाण्डौ । मन्त्रिपरिषदका नवनियुक्त सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।

ओलीले आफ्नो नेतृत्वको टिममा खगराज अधिकारीलाई गृह मन्त्रालय, नारदमुनी रानालाई वन मन्त्रालय, गणेशबहादुर पहाडीलाई सामान्य प्रशासन मन्त्रालय, नैैनाकला थापालाई सूचना तथा सञ्चार मन्त्रालय, ज्वालाकुमारी साहलाई कृषि तथा पशुपंक्षी मन्त्रालय, राजकिशोर यादवलाई उद्योग मन्त्रालय तथा मोहन बाँनियालाई विना बिभागिय मन्त्री बनाएका छन् भने आशा विकलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top