ताजा समाचार


प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्दै, यी हुन् नयाँ मन्त्रीहरु

द रियल समाचार     २०७८ जेष्ठ २७, बिहीबार, १२: ५६ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् ।

ओलीले आफ्नो नेतृत्वको टिममा खगराज अधिकारी, नारदमुनी राना, गणेशबहादुर पहाडी लगायतकालाई मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
अधिकारीलाई गृह, रानालाई वन तथा पहाडीलाई सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिइएको हो । त्यस्तै पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैैनाकला थापालाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी महिला आयोगकी अध्यक्षसमेत भइसकेकी छन् ।

त्यस्तै, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमा राजकिशोर यादव, वन राज्यमन्त्रीमा आशा विक र मोहन बाँनिया विना बिभागिय मन्त्री बनेका छन् ।

नयाँ मन्त्रीहरुको सपथ कार्यक्रम दिउँसो ४ बजे राखिएको छ ।

प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैं सम्हाल्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top