ताजा समाचार


प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद विस्तार गर्दै

द रियल समाचार     २०७८ जेष्ठ २७, बिहीबार, १२: ०४ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज रिक्त रहेका ७ मन्त्रालयमा मन्त्री तथा एक राज्यमन्त्री थप्ने तयारी गरेको नेकपा एमालेका नेता विष्णु रिजालले जानकारी दिए ।

थपिने मन्त्रीमा कर्णालीबाट पनि प्रतिनिधित्व रहने नेता रिजालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । नयाँ मन्त्रीहरुले आजै दिउँसो ४ बजे सपथ लिने तयारी रहेको उनले बताएका छन् ।

ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैं सम्हाल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top