ताजा समाचार


थापा विरुद्धको भ्याकेट निवेदनमा आज पेशी

द रियल समाचार     २०७८ जेष्ठ २७, बिहीबार, ११: २९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाको तर्फबाट सांसद रहेका कृष्ण थापाको सांसद पद खारेजीको माग गर्दै प्रदेश सभामुखको तर्फबाट आएको भ्याकेट निवेदन आज पेशीमा चढ्ने भएको छ ।

थापाको सांसद पथ थमौतीको विरुद्धमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभा सचिव हरिराज पोखरेल र राष्ट्रिय जनमोर्चा गण्डकीले हालेको भ्याकेट निवेदनको आज पेशी चढ्दैछ ।

यसअघि पार्टीले कारबाही गरेर प्रदेशसभाले पद खाली गराइसकेको अवस्थामा सांसद कृष्ण थापाको पद पुनर्बहाली गर्ने सर्वोच्चको फैसला खारेज हुनुपर्ने भन्दै बुधबार भ्याकेट निवेदन दर्ता भएको थियो ।

सभामुख अधिकारी र प्रदेशसभा सचिव पोखरेलले थापाको पद उनको पार्टीको कागजातसहितको निवेदनबाट खारेज भएको र उक्त कारबाही राजनीतिक दलसम्बन्धी ऐनअनुसार भएको भन्दै संयुक्त निवेदन दिएका हुन् ।

जनमोर्चाले भने सांसद थापाले पार्टीको ह्विप नमानेका कारण नियमअनुसार नै कारबाहीको प्रक्रिया पूरा गरेर प्रदेशसभामा पठाइएको बताएको छ । प्रदेशमा नयाँ सरकार गठन गर्ने विषयमा सांसद थापा पार्टीको निर्णयविपरीत तटस्थ बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top