ताजा समाचार


प्रदेश २ लोक सेवा आयोगले २८ कर्मचारीका लागि विज्ञापन खोल्यो

द रियल समाचार     २०७८ जेष्ठ २७, बिहीबार, ११: १८ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ मा उच्चदेखि तल्लो तहका २८ जना कर्मचारीका लागि आवेदन खुलेको छ । प्रदेश लोकसेवा आयोगले २८ जना कर्मचारीको लागि विज्ञापन खोलेको हो ।

आयोगले सार्वजनिक सूचनामार्फत अप्राविधिकतर्फ नवौँ तहका अधिकृत ६ जना, स्वास्थ्य सेवा बाहेकका सेवातर्फ १२ जना र स्वास्थ्य सेवाका लागि १० जना कर्मचारी माग गरेको हो ।

आयोगले विज्ञापन भएका पदका लागि असार १६ गतेसम्म आवेदनको मिति तोकेको छ । आयोगले विज्ञापन भएका पदका लागि योग्यता पुगेका उम्मेदवारले दिएको दरखास्तपछि छनौट परीक्षा जनकपुरधाममा हुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top