ताजा समाचार


भारतको मुम्बईमा चार तल्ले घर भत्किँदा ११ जनाको मृत्यु, ७ जना गम्भीर घाइते

द रियल समाचार     २०७८ जेष्ठ २७, बिहीबार, १०: ५७ मा प्रकाशित




एजेन्सी । भारी वर्षाका कारण भारतको मुम्बईमा बुधबार राति चार तल्ले घर भत्किँदा ११ जनाको मृत्यु भएको छ । अन्य मानिसहरु पुरिएको आशंका गरिएको छ ।

मुम्बईको मलाड पश्चिम क्षेत्रमा बुधबार राति करिब ११ बजेतिर आवासीय चार तल्ले भवन भत्किएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बृहन्मुम्बई नगरपालिकाका अनुसार मलाडको कलेक्टर कम्पाउन्डमा घर भत्किँदा अहिलेसम्म ९ जनाको शव फेला परेको छ भने ७ जना गम्भीर घाइते भएका छन् ।

डीसीपी साउथ जोन विशाल ठाकुरका अनुसार अहिलेसम्म महिला तथा बच्चा गरी १५ जनाको उद्धार गरिसकिएको छ । भवनले अरू मानिस पनि थिचिएको आशंकामा उद्धार जारी रहेको अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top