ताजा समाचार


प्रदेश २ सरकारको नीति तथा कार्यक्रम आज

द रियल समाचार     २०७८ जेष्ठ २७, बिहीबार, १०: ५२ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ सरकारले आज नीति तथा कार्यक्रम ल्याउन लागेको छ ।

आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. राजेश झा अहिराजले आगामी आर्थिक वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

नीति तथा कार्यक्रमका लागि समयमै उपस्थित हुन सभामुख सरोज कुमार यादवले मंगलबार नै प्रदेशसभा बैठकमा पूर्व सूचना पढेर सूनाएका थिए ।

नीति तथा कार्यक्रम पछि प्रि–बजेट छलफल गर्ने परम्परा भएपनि कोरोना महामारीका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रमलाई पछाडि धकेलिएको संसद सचिवालय स्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top