ताजा समाचार


नवनियुक्त मन्त्री यादवद्वारा पदभार ग्रहण

द रियल समाचार     २०७८ जेष्ठ २७, बिहीबार, ००: ३० मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ का नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले बुधबार राति नै पदभार ग्रहण गरेका छन्।

प्रदेश प्रमुखको सचिवालयमा सपथ लिएलगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । राति साढे ११ बजेसम्म कार्यालयमै कुरेर बसेका कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए ।

मुख्यमन्त्री लालबाबु राउतले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनललगायत ३ जना राज्यमन्त्रीलाई हटाएर काँग्रेससँग सत्ता सहकार्य गर्दै यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री, ओमप्रकाश शर्मालाई खानेपानी तथा उर्जा विकास मन्त्री र वीरेन्द्र सिंहलाई महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन्।

कांग्रेससँगको सत्ता सहकार्य पश्चात प्रदेश २ मा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा उर्जा विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन तथा वन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कानुन न्यान तथा प्रदेश सभा मन्त्रालय, वाणिज्य, आपुर्ति तथा विज्ञान प्रविधि मन्त्रालय र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय गरी ११ वटा मन्त्रालय कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top