ताजा समाचार


कोरोना खोपका लागि सहजीकरण गरिदिन परराष्ट्रमन्त्रीको आग्रह

द रियल समाचार     २०७८ जेष्ठ २६, बुधबार, १९: ०७ मा प्रकाशित




काठमाण्डौ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले भारतलाई कोरोना विरुद्धको खोप ल्याउन सहजीकरणका लागि आग्रह गरेका छन् ।

बुधबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँगको भेटमा परराष्ट्रमन्त्री महासेठले यस्तो आग्रह गरेका हुन् ।

भेटमा भारतीय राजदूत क्वात्राले महासेठलाई परराष्ट्रमन्त्री बनेकोमा भारतीय विदेशमन्त्री एस जयशंकरको बधाई सन्देश सुनाएका थिए ।

उनीहरुबीच भएको भेटघाटमा खोप आपूर्तिसहित विभिन्न आपसी हितबारे छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top