ताजा समाचार


पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

द रियल समाचार     २०७८ जेष्ठ २६, बुधबार, १६: २५ मा प्रकाशित




काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् ।

केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।

मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको बुधबारको बैठकमा पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पनि निर्देशन दिएका छन् ।

उनले भने, ‘तपाईंहरु अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top