ताजा समाचार


रौतहटबाट स्रोत नखुलेको ३० लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

द रियल समाचार     २०७८ जेष्ठ २६, बुधबार, १६: १४ मा प्रकाशित




रौतहट । रौतहटबाट स्रोत नखुलेको ३० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टीकुमार कलवार र सुरज कलवार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए ।

उनका अनुसार बीआर ०५ आर ४५२१ नम्बरको भारतीय मोटरसाइकल चढेर आउँदै गरेको अवस्थामा परोहा नगरपालिका–९ रामपुरखापमा चकेजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँ बरामद भएको हो ।

बन्टी कुमारले उक्त रकम राजपुरको एक चिमनी भट्टामा पु¥याउन आएको प्रहरीलाई बयान दिएका छन् । उनीहरुको साथबाट बरामद गरिएको उक्त रकमबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top