ताजा समाचार


ओडिआईमा पुरूष खेलाडीलाई १० हजार रूपैयाँ दिने क्यानको निर्णय

द रियल समाचार     २०७८ जेष्ठ २६, बुधबार, १६: ०८ मा प्रकाशित




काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक कार्यविधि र नियमावली २०७७ पारित गर्दै राष्ट्रिय पुरूष खेलाडीलाई हरेक एक दिवसीय अन्तर्राष्ट्रिय खेल (ओडिआई) मा १० हजार रूपैयाँ दिने निर्णय गरेको छ ।

नयाँ आर्थिक नियमावली अनुसार ओडिआई खेलमा पुरुष टोलीका खेलाडीले १० हजार र महिला खेलाडीले ५ हजार रुपैयाँ म्याच फीको रूपमा प्राप्त गर्ने छन् । यसै गरी टि–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरुष खेलाडीले ५ हजार र महिला खेलाडीले ३ हजार पाउने छन् ।

महिला र पुरुष दुबै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिताको बन्द प्रशिक्षणमा रहँदा दैनिक ५०० भत्ता पाउने छन् । जसमा यातायात सुविधा पनि उपलब्ध गराउने जनाएको छ । क्यानले महिला र पुरुष दुबै खेलाडीलाई गत वर्ष अन्तर्राष्ट्रिय ओडीआई र टि–२० अन्तर्राष्ट्रिय म्याच फी ५ हजार दिने निर्णय गरेको थियो ।

क्यानले आर्थिक कार्यविधि र नियमावली २०७७ मंगलबार पारित गर्दै उक्त निर्णय गरेको हो । तर यसमा सम्बन्धित पक्षबाट थप सुधार र संसोधन हुन बाँकी रहेकाले यसको पूरा जानकारी भने शुक्रबार मात्र प्राप्त हुने क्रिकेट एसोसियसन नेपालका सचिव अशोक प्याकुरेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top