ताजा समाचार


सोनम कपुर ३६ औं वर्षमा, पहिले ८६ किलोकी थिईन्

द रियल समाचार     २०७८ जेष्ठ २६, बुधबार, १५: ४१ मा प्रकाशित




एजेन्सी । बलिउडमा अहिले निकै नाम चलेका अभिनेत्रीमध्ये एक हुन् सोनम कपुर । तर, उनको बलिउडको शुरुवाती यात्रा त्यति सुखद थिएन । सुरुमा उनी बलिउडमा आउँदा सफलता पनि उनलाई मिलेको थिएन ।

सांवरिया फिल्मबाट बलिउडमा यात्रा सुरु गरेकी सोनम सन् १९८५ मा जन्मिएकी थिइन् । उनको यो फिल्म सन् २००७ मा रिलिज भएको थियो ।

यसअघि ८६ किलो भएकी सोनमले यही फिल्मका लागि ३० किलो वजन घटाएकी थिइन् । सिंगापुरमा अभिनयको पढाइ पूरा गरेर भारत फर्किँदा उनको तौल ८६ किलो थियो ।

अभिनयमा आउनुभन्दा पहिले सोनमले सह–निर्देशक भएर काम गरिसकेकी थिइन् । उनको पहिलो चर्चित फिल्म हो, सन् २००९ मा रिलिज भएको ‘आइ हेट लभ स्टोरी’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top