ताजा समाचार


नेदरल्यान्डका मिडफिल्डर डी बिकले चोटका कारण युरो कप गुमाउने

द रियल समाचार     २०७८ जेष्ठ २५, मंगलवार, १८: ५८ मा प्रकाशित




एजेन्सी । नेदरल्यान्डका मिडफिल्डर डोनी भान डी बिकले युरो कप गुमाउने भएका छन् । इङ्लिस क्लब म्यानेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्ने बिकले चोटका कारण युरो गुमाउने भएका हुन् ।

नेदरल्यान्ड फुटबल संघका अनुसार विक चोटसँग संघर्ष गरिरहेका छन् । त्यसैले उनले युरो कप गुमाउने पक्का भएको छ।

संघले उनको स्थानमा कुनै पनि खेलाडीलाई टिममा नबोलाउने जनाएको छ । २४ वर्षीय मिडफिल्डरले नेदरल्यान्डका लागि १९ खेल खेलेका छन् ।

जुन ११ देखि जुलाई ११ सम्म हुने प्रतियोगिताको ‘सी’ मा नेदरल्यान्ड, युक्रेन, अस्ट्रिया र उत्तरी मेसेडोनिया छन् । नेदरल्यान्डले जुन १३ मा युक्रेनविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top