ताजा समाचार


महोत्तरीमा डाकाले चलाएको गोली लागि एक महिला घाइते

द रियल समाचार     २०७८ जेष्ठ २५, मंगलवार, ०९: ४६ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका ६ मा सोमबार राति ६/७ जनाको समूहमा हतियारसहित आएका डाकाको समूहले लुटपाट गरेकोे छ।

६/७ जनाको समूहमा हतियारसहित आएका डाकाहरुले स्थनीय रामनारायण साहको घरमा लुटपाट गरेका हुन् ।

लुटपाट गर्ने क्रममा गुहार गर्दा रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साहमाथि लुटेराहरुले गोली प्रहार गरेका छन् । गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

गायत्रीको दाहिने तिघ्रामा गोली लागेको छ भने उनको अवस्था गम्भीर रहेको छ् । डाका समूहले घरमा राखेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाकै तिलहरी, दुबै कानको मुन्द्रा लुटेर लगेको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top