ताजा समाचार


रौतहटमा स्थानीय र प्रहरीबिच झडप, डीएसपीसहित ७ जना प्रहरी घाइते

द रियल समाचार     २०७८ जेष्ठ २४, सोमबार, १४: २५ मा प्रकाशित




रौतहट । रौतहटमा निषेधाज्ञाको समयमा प्रहरीले भिडभाड नगर्न आग्रह गर्दा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

सोही क्रममा स्थानीय र प्रहरीबीच भएको झडपमा परी डीएसपीसहित ७ जना प्रहरी घाइते भएका छन् ।

गरुडा नगरपालिका वडा नम्बर-२ गेडही गुठी टोलमा आइतबार राति भएको झडपमा परी प्रहरीहरु घाइते भएका हुन् । ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेसहित अन्य ६ जना प्रहरीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिबिक्रम शाहले जानकारी दिए ।

घाइते डीएसपी घिमिरेको टाउकोमा चोट लागेको छ । जिल्लामा जारी गरिएको निषेधाज्ञाको समयमा गेडही गुठी टोलमा बिहेमा आएका जन्ती र स्थानीयबासी ठूलो संख्यामा जम्मा भएर नाचगान गरिरहेको बेलामा प्रहरी पुगेको थियो ।

स्थानीयबासीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । प्रहरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय तीनजना नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top