ताजा समाचार


काँग्रेसबाट कर्णाली प्रदेश सरकारमा गएका दुई मन्त्रीले लिए सपथ

द रियल समाचार     २०७८ जेष्ठ २३, आईतवार, १५: २४ मा प्रकाशित




सुर्खेत । नेपाली काँग्रेसबाट कर्णाली प्रदेश सरकारमा गएका दुई मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । दुबै मन्त्रीलाई आइतबार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथ खुवाएका हुन् ।

काँग्रेसबाट सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञ बहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठ नियुक्त भएका छन् ।

यसअघि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता कांग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top