ताजा समाचार


राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ

द रियल समाचार     २०७८ जेष्ठ २३, आईतवार, १४: ५१ मा प्रकाशित




सुर्खेत । सुर्खेतमा राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

जिल्लाको गुर्भाकोट नगरपालिका–९ बोटेचौरका तीन युवाहरूले दुई जना राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आज(आइतबार) बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा २९ वर्षीय विनोद पुन, ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढा रहेका छन् । उनीहरूले युवतीलाई होटेलमा लगी मदिरा खुवाएर यौन दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ ।

युवतीलाई यौन दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले पक्राउ गरेको थियो । भिडियोमा युवाहरू अर्धनग्न अवस्थामा देखिएका छन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुर्खेतका डिएसपी रामप्रसाद घर्तीमगरले बताए । फिरन्ते राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ आँपसोतीको भेरी किनारमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top